आइतबार, ८ असार २०८२

पहिलो निर्णयमा हस्ताक्षर गर्न नमानेका उद्योगमन्त्री यादवले जनाए यस्तो प्रतिबद्धता

समयपोष्ट २०७४ फागुन १५ गते १०:५२

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उत्पादनमूलक उद्योग प्रबद्र्धन गर्न आफू लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नवनियुक्त मन्त्री यादवले व्यापारका क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्ने योजना पनि अघि सारेको बताएका छन् ।

Advertisement

आफूलाई बधाई दिन मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री यादवले औद्योगिक क्षेत्रमा देखिएको समस्या निजी क्षेत्रसँग मिलेर समाधान गर्ने पनि बताए ।

उत्पादनमूलक उद्योग प्रवद्र्धनमा लागि पर्ने प्रतिबद्धता मन्त्री यादवले ब्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले जानकारी दिइन् । मन्त्री यादव मुलुकको वाणिज्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि सकारात्मक रहेको पनि उनले बताइन् ।

मन्त्री यादवसँगको भेटमा महासंघका प्रतिनिधिहरुले सरकारले उद्योग सञ्चालनका लागि आवश्यक वातावरण बनाउने विश्वास व्यक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री