बुधबार, १२ वैशाख २०८१

नवनियुक्त अर्थमन्त्रीलाई भट्टराईको यस्तो सुझाव

समयपोष्ट २०७४ फागुन १५ गते ६:४६

डा.युवराज खतिवडा अर्थमन्त्री भएलगत्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले तीन सुझाव दिएका छन् ।

Advertisement

मंगलबार ट्विट गर्दै उनले अनुत्पादक क्षेत्रमा भइरहेको लगानी र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन सुझाव दिएका हुन् । उनले उत्पादन वृद्धि, कर असुली र नाफा वृद्धिमा ध्यान दिन नवनियुक्त अर्थमन्त्री डा. खतिवडालाई सुझाव दिएका छन् ।

भट्टराइले नयाँ अर्थमन्त्रीले राष्ट्रियधन्धा बनेको पैसा खेलाएर पैसा कमाउने, जग्गा किनेर जग्गा बेच्ने, पैसाले सत्ता किन्ने, सत्ताले पैसा कमाउने प्रवृत्तिलाई कडासंग रोक्नुपर्ने बताएका छन् ।

उनले ट्विटमा लेखेका छन्, ‘उत्पादन बढाऊ, नाफा कमाऊ, कर बुझाऊ, भ्रष्ट र कमिसनखोर, बस सदरखोर, दुइ अंकको वृद्धिदर, दुइ दशक निरन्तर नारा लागू गरे देश बन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री