शनिबार, १५ वैशाख २०८१

भ्रष्टाचार नियन्त्रण गर्न मुख्यमन्त्रीले यसो गर्दै, कत्तिको प्रभावकारी होला ?

समयपोष्ट २०७४ फागुन १३ गते १४:०८

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई सुशासनको नमूना बनाउने दाबी गर्नुभएको छ ।

Advertisement

लमजुङमा आयोजित आठाँै सुन्दरबजार महोत्सवको उद्घाटन गर्दै उहाँले भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल बनाई अनुगमन गर्ने र गल्ती भेटिएमा तत्काल कारबाही गर्ने बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश नम्वर ४ जलविद्युत, पर्यटन र कृषिका लागि उत्कृष्ट प्रदेश भएको दाबी गर्नुभयो । उहाँले १० वर्ष भित्र ५ हजार मेगावाट विद्युत उत्पादन गरी घरघरमा विजुली, जनजनमा शेयर अभियानलाई सार्थकता दिने बताउनुभयो ।

लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार इकाइको आयोजनामा भएको महोत्सव आठ दिन सञ्चालन हुनेछ ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री