बिहीबार, १३ वैशाख २०८१

बलिउड नायिका श्रीदेवीको निधन

समयपोष्ट २०७४ फागुन १३ गते ३:१०

बलिउड नायिका श्रीदेवीको हृदयघातका कारण निधन भएको छ ।

Advertisement

५४ वर्षीया उनी श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग आइतबार विवाह कार्यक्रममा सहभागी हुन दुबई पुगेकी थिइन् ।

श्रीदेवीको अचानक निधनको खबरले बलिउड जगतका प्रसंशक स्तब्ध भएका छन् ।

श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।

हिन्दी सिनेमा जगतमा श्रीदेवीको निकै ठूलो योगदान छ । सन् १९६३ तमिलनाडुको शिवकाशीमा जन्मेकी श्रीदेवीले हिन्दीका साथै तेलुगु, तमिल, कन्नड र मलायमी फिल्ममा पनि काम गरेकी छिन् । सन् २०१२ का उनले इंगिलश–विंगलिशमार्फत बलिउडमा कमब्याक गरेकी थिइन् ।

‘सद्मा’, ‘चाँदनी’, ‘हिम्मतवाला’, ‘चालबाज’, ‘मिस्टर इन्डिया’, ‘मवाली’, ‘तोह्फा’ तथा ‘गुमराह’ जस्ता फिल्मक लागि चर्चित थिइन्। अन्तिम पटक उनले गत वर्ष ‘मम’ फिल्ममा काम गरिन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री