बुधबार, १२ वैशाख २०८१

उपत्यकामा गोरुले किन जोतिँदैन ?,हेर्नुहोस् यस्तो छ धार्मिक मान्यता

समयपोष्ट २०७४ फागुन १२ गते २:१५

नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन ।

Advertisement

आजको नागरिक दैनिकमा यो खबर छ, परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी हातपाखुराका भरमा खेतीपाती गरिँदै आएको मानिन्छ ।

प्रविधिको विकाससँगै यहाँ केही बर्ष अघिदेखि ट्रयाक्टरले खेतबारी जोत्ने चलन पनि सुरु भयो । यसले यहाँका किसानलाई धेरै मद्यत पुर्याएको थियो ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार उपत्यकाभित्र पशुपति नगरी भएकाले पशुपतिबाट देखिने क्षेत्रमा गोरु नारेर जोत्न नहुने शास्त्रीय मान्यता छ ।

गोरुले जोतेदेखि धर्मको अपमान हुने, पाप लाग्ने, मानिसहरु बिरामी पर्ने लगायत विश्वास गरिन्छ । धार्मिक किंवदन्तीमा पनि गोरुलाई महादेवका वाहान मानिन्छ ।

उनले भने,

-गोरुको चार खुट्टालाई पनि धर्मको प्रतीकका रुपमा लिइन्छ ।

-त्यसैले गोरुलाई कुल्चन र जोत्नका निम्ति प्रयोग गर्न हुँदैन भन्ने विश्वास गरिन्छ ।

-उपत्यकाभित्र गोरु नारेर खेतबारी जोत्न नहुने मुख्य कारण यही मात्र हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री