शुक्रबार, १६ चैत २०८०

नबिल फाउण्डेसनद्धारा दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण

समयपोष्ट २०७४ फागुन ११ गते १०:५२

नबिल बैंकद्वारा प्रवद्र्धित नबिल फाउण्डेसनले दोलखा स्थित दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

Advertisement

फाउण्डेसनले सुन्द्रावती स्थित जागरण भिमेश्वर प्राथमिक बिद्यालय तथा  गुराँसे प्राथमिक बिद्यालयका छात्रछात्रालाई स्कुल  ब्याग, कपि तथा पेन्सिल वितरण गरेको हो ।

फाउण्डेसनका अध्यक्ष  दयाराम गोपाल अग्रवालले सो शैक्षिक  सामाग्री एक कार्यक्रमकाबीच  विद्यालयका प्राचार्य लक्ष्मी ओली तथा श्री कान्ती सेढाईलाई हस्तान्तरण गरिएको फाउण्डेसनद्धारा आज जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष  दया राम गोपाल अग्रवालले शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएको खुसी ब्यक्त गरे भने दुवै विद्यालयले विद्यार्थीको  शैक्षिक बिकासमा योगदान  पुर्याएकोमा फाउण्डेसन परिवारलाई धन्यवाद ज्ञापन गरे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री