बुधबार, १२ वैशाख २०८१

मन्त्रिपरिषद्को निर्णय : १८ वटा मन्त्रालय रहने, राजनीतिक सल्लाहकारमा रिमाल

समयपोष्ट २०७४ फागुन ११ गते ५:१३

मन्त्रिपरिषद बैठकले केन्द्रमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ ।

Advertisement

शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यसअघिको सहमतिलाई पारित गरेको हो ।  एमाले माओवादीको सहमतिमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने सहमति भएको थियो ।

बैठकले  प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले नेता विष्णु रिमाल नियुक्त गरेका छन् ।

एमाले पोलिटव्युरो सदस्य समेत रहेका रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री