शनिबार, ८ वैशाख २०८१

तीन नेपाली महिला बेचिनबाट यसरी जोगिए ..

समयपोष्ट २०७४ फागुन १० गते १६:१२

प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।

Advertisement

पक्राउपर्नेमा भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय मुख्तार आलम रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानकारी दिनुभयो ।

झापा बजार हुँदै भारतको दीघल बैंकतर्फ लैजाँदै गरेको देखेपछि शंका लागेर ती महिलालाई सोधपुछ गर्दा दिल्ली लगिरहेको थाहा पाउनासाथ उनीहरुको उद्धार गरिएको हो । महिलालाई दिल्ली लान खोज्ने आलमलाई भने पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले बताउनुभयो ।

उद्धार गरिएका महिलामा इलाम फिक्कल– ५ का ३५ वर्षीय कमला राई, सोही ठाउँका १८ वर्षीय निक्षा राई र झापा बाहुनडाँगी– ६ का ३२ वर्षीय सिर्जना राई रहेका छन् । उनीहरुलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यता पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय झापामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले बताउनुभयो ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री