बिहीबार, ६ वैशाख २०८१

पार्टी एकताका लागि संयुक्त कार्यदललाई ओली र प्रचण्डको यस्तो निर्देशन

समयपोष्ट २०७४ फागुन १० गते ९:१५

एकताको गृहकार्य गर्न गठित दुई कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

Advertisement

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दल सम्मिलिन संयुक्त कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो  निर्देशन दिएका हुन् ।

संगठन निर्माणसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुवीर महासेठ छन् भने माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मातृका यादव छन् ।

पार्टीको अन्तरिम विधान बनाउन गठित कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल छन् ।

दुबै कार्यदलले प्रतिवेदन बुझाएपछि थप गृहकार्य गरेर पार्टी एकता घोषणा गरिने नेताहरुले बताएका छन् ।

एमाले नेता प्रदीप ज्ञवालीका अनुसार दुई अध्यक्षको निर्देशन अनुसार दुबै कार्यदलले आगामी २५ गतेभित्र प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने निर्णय भएको छ ।

मंगलबार बसेको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल  र प्रतिवेदन कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री