बुधबार, १२ वैशाख २०८१

आरम्भको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन, आवेदन दिने अन्तिम मिती कहिले ?

समयपोष्ट २०७४ फागुन ८ गते ८:३४

आरम्भ माइक्रोफाइनान्सले २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको  छ ।  कम्पनीले १०० रुपैयाँ दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ फागुन १५ गतेदेखि बिक्री गर्ने भएको हो ।

Advertisement

आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने  छ ।

लगानीकर्ताले आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । आइपिओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री