शनिबार, ११ मंसिर २०७८

उपचारकै लागि बाहिर जानुपर्ने बाँध्यता यसरी अन्त्य गरिदैँ

समयपोष्ट २०७४ फागुन ८ गते ६:०७

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताउनुभएको छ ।

Advertisement

अस्पतालको १२औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले अस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिक उपचारकै लागि बाहिर जानुपर्ने झन्झटको अन्त्य गर्ने बताउनुभयो ।

प्रदेश सरकारले आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउनतर्फ कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री शाहीको भनाइ छ ।

अस्पतालमार्फत जटिल प्रकृतिका बिरामीको सेवा सुर्खेतमै दिन सरकारले आवश्यक नीति बनाएर केन्द्र सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री शाहीले बताउनुभयो ।

रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री