शनिबार, ३१ जेठ २०८२

मन्त्रिपरिषद गठन, को–को बने मन्त्री ? (नामसहित)

समयपोष्ट २०७४ फागुन ६ गते १४:५८

प्रदेश नं ६ मा ६ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले एक समारोहवीच ६ जना मन्त्रीलाई एकसाथ पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । ६ मन्त्रीले सपथ लिएसँगै ६ नम्बर प्रदेशको मन्त्रिपरिषदले पूर्णता पनि पाएको छ ।

Advertisement

उक्त प्रदेशमा प्रदेशसभा सदस्य नरेश भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालय, खड्क खत्रीले भौतिक पुर्वाधार मन्त्रालय, बिमला केसीले कृषि भुमि व्यवस्थापन तथा सहकारी मन्त्रालय, दलबहादुर रावलले सामाजिक विकास मन्त्रालय र नन्दसिंह बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् ।

सपथपछि मन्त्रीहरुले ६ नम्बर प्रदेशको सम्बृद्धिका लागि योजना बनाएर स्थापित गर्न संकल्प गर्ने नवनियुक्त मन्त्रीहरुले बताए । नवगठित मन्त्रिपरिषदको पहिलो बैठक पनि आजै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको छ । पहिलो बैठकले ६ वटा निर्णय गरेको छ ।

पहिलो निर्णयमा शहिदहरुप्रति श्रद्धान्जली, प्रदेश सरकारको लागि लिखित प्रमाणीकरण सम्बन्धि नियमावली २०७४ स्वीकृत, प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ स्वीकृत, प्रदेश सरकार कार्य बिभाजन नियमावली २०७४ स्वीकृत र प्रदेशको विकास र समृद्धिका लागि ठोस कदम चाल्ने निर्णय गरेको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री