शुक्रबार, १४ वैशाख २०८१

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको आयो यस्तो सन्देश, भने : निर्वाचनलाई मात्र प्रजातन्त्र नठानौं (हेर्नुहोस पूर्णपाठ)

समयपोष्ट २०७४ फागुन ६ गते १४:४०

पूर्वराजा ज्ञानेन्द्र शाहले २०६३ सालयता भइरहेको राजनीतिक अभ्यासको समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

Advertisement

६८ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज एक विज्ञप्ति जारी गरी पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् ।

पूर्वराजा शाहले आफ्ना जिजुबुबा राजा त्रिभुवनले प्रजातन्त्रको निम्ति गरेको त्याग र उत्सर्गको स्मरण गर्दै  प्रजातन्त्रमा सबैले सम्मानित महसुस हुन्पर्ने कुरामा जोड दिएका छन् ।

उनले प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्याको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौता, सहमति वा समझ्दारीमा देशको गौरब बढाउने विषयले प्राथमिकता पायो वा पाएन वर्तमान समयमा ज्वलन्त प्रश्न बनेर अगाडि आएको जनाउँदै प्रजातन्त्रलाई निर्वाचनहरुको आयोजना गर्ने प्रक्रियाका रुपमा मात्र सिमित गरिनु जनतालाई भ्रममा राख्नु भएको बताएका छन् ।

उनले देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यबहार गर्ने व्यवस्था मात्र प्रजातन्त्र  हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री