शनिबार, ८ वैशाख २०८१

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३५ भन्दा बढी नेता कार्यकर्ता यसरी पक्राउ परे

समयपोष्ट २०७४ फागुन ६ गते ८:४६

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

मोरङको विभिन्न स्थानबाट  पार्टीका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश वली र पूर्वराज्यमन्त्री पदम राईसहित ३५ भन्दा बढी नेता तथा कार्यकर्ता नियन्त्रणमा परेका छन् ।

प्रहरीले सोधपुछ गर्न छ भनी कार्यक्रमस्थलबाट एउटा गाडी र तीन दर्जन वढी कार्याकर्तालाई नियन्त्रणमा लिएको सो पार्टीका मोरङ सेक्रेटरी युगेनले जानकारी दिए ।

 

विराटनगरबाट नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयकामा राखिएको छ भने अन्य स्थानबाट नियन्त्रणमा दिएकालाई सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ ।

प्रहरीले भने कार्यक्रममा सहभागी हुने आएकालाई सोधपुछका लागि मात्र नियन्त्रण्मा लिएको र सोधपुछ पछि छाडिने जनाएको छ । नेता कार्यकता पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री