शनिबार, ८ वैशाख २०८१

प्राइम लाइफ इन्स्योरेन्सको १ सय ६० प्रतिशत हकप्रद निष्कासन

समयपोष्ट २०७४ फागुन ६ गते ७:०३

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले एक शेयर बराबर १ सय ६० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको फागुन १७ गते बुक क्लोज गर्ने भएको छ ।

Advertisement

फागुन १६ गते सम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले हकप्रदमा आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

कम्पनीले निष्कासन गरेको हकप्रदमा आवेदन दिने लगानीकर्ताले कम्पनीले घोषणा गरेका लाभांश पाउने छन् ।

कम्पनीले शेयरधनीलाई ३२.५ प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने कर सहित लाभांश घोषणा गरेको छ । हकप्रद निष्कासनपछि कम्पनीका शेयरधनीले १२.५ प्रतिशत लाभांश पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री