पोखरा फाइनान्सको हकप्रदमा आवेदन गर्न छुट्यो कि ? छिटो गर्नुहोस्
समयपोष्ट
२०७४ फागुन ६ गते ५:२५
पोखरा फाइनान्स लिमिटेडको १५ प्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले पुस ३० गते आईतबारदेखि फागुन ६ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यका ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले फाइनान्सको हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया