शुक्रबार, १६ चैत २०८०

भ्यालेन्टाइन डे मनाईरहँदा गोली चल्यो, सातको मृत्यु

समयपोष्ट २०७४ फागुन ४ गते १०:०५

मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु भएको छ ।

Advertisement

स्थानीय समयानुसार बिहीबार अपरान्ह् साढे एक बजेतिर सो हत्याकाण्ड भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ ।

दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारिक सदस्यहरुसहित सान जुआन लाचिगाल्ला समुदायले भ्यालेन्टाइन डे मनाइरहेका बेला घटना भएको डेली एक्सेल्सीओरले लेखेको छ ।

नगर प्रमुखका बुवा, छोरा र अन्य नातेदारहरु पनि मारिनेमा परेको उक्त पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।

त्यो रमाइलो कार्यक्रम सहरको मुख्य ठाँउमा गरिएको थियो । त्यस ‘डान्स पाटी’ मा के कसरी गोली चल्यो भन्ने बारेमा भने केही बताइएको छैन ।

परम्परागत रुपमा खेतीपातीमा संलग्न हुदै आएका सान जुआन लाचिगाल्ला समुदाय प्रादेशिक राजधानी ओक्साका देखि ९० किलोमिटर पर बसोबास गर्दै आएको छ ।

उक्त क्षेत्रमा उनीहरुको करिब तीन हजार तीन सयको संख्यामा घर परिवार रहेको बताइएको छ ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री