शुक्रबार, १६ चैत २०८०

माओवादी सरकारमा सहभागी नहुने

समयपोष्ट २०७४ फागुन ३ गते १:४२

माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

Advertisement

बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो ।

आजको नागरिक दैनिकमा यो खबर छ, एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बनाउने तयारी भईरहेका बेला मन्त्रालयका विषयमा सहमति हुन नसकेपछि माओवादीले सहभागी नहुने बताएको छ ।

माओवादी केन्द्र मोरङ ईन्चार्ज कुशल  लिम्बुले मन्त्रालयमा कुरा नमिलेको भन्दै सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

उनले भने, सरकार गठन विषयमा बुधबार विराटनगरमा भएको छलफलमा कुरा नमिलेपछि सरकारमा सहभागी नहुने निर्णय गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री