बिहीबार, १५ चैत २०८०

उपसभामुख पदमा एकल मनोनयनपत्र दर्ता

समयपोष्ट २०७४ फागुन २ गते १२:१८

प्रदेश नं १ को उपसभामुख पदमा आज एकल उम्मेदवारी दर्ता भएको छ ।

Advertisement

नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले आज प्रदेश सचिवालयमा दिउँसो आफ्नो मनोनयनपत्र दर्ता गराउनुभयो ।

उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य रामकुमार राई र समर्थकमा इन्द्रमणि पोखरेल रहनुभएको प्रदेश सचिवालयले जनाएको छ ।

सुनसरी जिल्लाबाट समानुपातिकबाट प्रदेशसभा सदस्य हुनुभएकी पोखरेल नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुहुन्छ । (रासस)
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री