पाँच राजनीतिक दलबाट उम्मेदवार सिफारिश
पाँच राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नाम सिफारिश गरी निर्वाचन आयोगमा पेश गरेका छन् । आयोगले समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनोट गरी निर्वाचित हुने उम्मेदवारको नाम सिफारिश गर्न तीन दिन दिएको थियो । गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पाँच राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका थिए ।
माघ २६ गते बसेको आयोग बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० उपदफा (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिबाट निर्णय गरी तीन दिनभित्र अर्थात् आज साँझ ५ बजे (कार्यालय समय) भित्र नामावली आयोगमा पेश गर्न आग्रह गरेको थियो ।
पेश गरिएको नामावलीलाई आयोगले समावेशी समूह र क्रमअनुसार मिले÷नमिलेको जाँच गरी नमिलेका राजनीतिक दललाई सच्याएर ल्याउन पुनः दुई दिनको समय दिनुपर्ने कानूनी व्यवस्था भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस
प्रतिक्रिया