मंगलबार, ११ वैशाख २०८१

रुपन्देहीको कोटिहवामा एनआईसी एशिया बैंकको नयाँ शाखा

समयपोष्ट २०७४ माघ २९ गते १३:१२

एनआईसी एशिया बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

Advertisement

नयाँ शाखाको सोमवार एक समारोहका बिच नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोक कुमार पौडेलले विधिवत् समुद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

कोटिहवा शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री