शनिबार, १५ वैशाख २०८१

कृषि विकास बैंकले पारित गर्यो २० प्रतिशत बोनस

समयपोष्ट २०७४ माघ २९ गते ११:५१

कृषि विकास बैंकले सेयरधनीलाई बितरण गर्ने भनी प्रस्ताव गरेको २० प्रतिशत बोनस पारित गराएको छ ।

Advertisement

बैंकको सोमबार सम्पन्न ११ औं वार्षिक साधारण सभाले प्रस्तावित बोनस तथा नगद लाभांस पारित गरेको हो ।

बैंकको साधारण सभाले साधारण शेयरधनीहरुलाई २० प्रतिशत वोनस सेयर तथा कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो । यो संगै सर्वसाधारणतर्फको पूँजी साढे आठ अर्ब नाघेको छ ।

नेपाल सरकारको अग्राधिकार सेयरमा समेत तोकिए वमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाबाट स्वीकृत भएको छ ।

२०७४ साल आषाढ मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार सेयर ५ अर्व ४३ करोड २७ लाख १२ हजार रुपैंयालाई वार्षिक ६ प्रतिशतका दरले हुन आउने रकम ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैंया नगद लाभांश बितरणको प्रस्ताव पारित गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री