शनिबार, १५ वैशाख २०८१

कालो नम्बर प्लेटका सवारीलाई रातो वा अन्य प्लेटमा लैजान रोक

समयपोष्ट २०७४ माघ २९ गते ६:२८

सरकारले १५ वर्ष आयु कटेका भाडाका गाडीलाई अन्य प्लेटमा परिवर्तन गर्न नमिल्ने व्यवस्था गरेको छ ।

Advertisement

यातायात व्यवस्था विभागले आगामी चैतदेखि २० वर्ष पार गरेका सबै सार्वजनिक सवारीलाई मुलुकभर गुड्न नदिने  तयारी गरेपछि सार्वजनिक सवारीलाई निजी नम्बर प्लेटमा दर्ता गर्ने क्रम बढेको थियो । यसैलाई रोक्न विभागले सार्वजनिक सवारीको ‘हेरफेर दर्ता’ रोकेको   हो ।

विभागले यो ब्यवस्था गरेसंगै अब  १५ वर्षभन्दा पुराना कालो नम्बर प्लेटका सवारीलाई रातो वा अन्य प्लेटमा लैजान पाईने छैन ।

विद्युतीय र ग्यास टेम्पो तथा माइक्रो बसका हकमा भने यो प्रतिबन्ध लागू नहुने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री