शुक्रबार, १४ वैशाख २०८१

पहिलो मुख्यमन्त्री डोरमणिले लिए सपथ

समयपोष्ट २०७४ माघ २९ गते ५:४९

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।

Advertisement

प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् ।

प्रदेश प्रमुख कोइरालाले पौडेललाई आइतबार संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्  ।

संविधानअनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

पौडेल संघीय नेपालका सात प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने पहिलो व्यक्ति हुन् । उनले आजै पदभार सम्हाल्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री