बिहीबार, १३ वैशाख २०८१

आजदेखी रसुवागढी र साञ्जेनको आईपीओ आह्वानपत्र जारी 

समयपोष्ट २०७४ माघ २८ गते ३:४०

रसुवागढी र साञ्जेन (साञ्जेन र माथिल्लो साञ्जेन) जलविद्युत् कम्पनीको प्राथमिक शेयर निष्कासन (आईपीओ) आह्वानपत्र आजदेखी जारी  भएको छ ।

Advertisement

कम्पनीको स्वपूँजी अन्तर्गतको सर्वसाधारण समूहका शेयरधनीलाई छुट्याइएको ४९ प्रतिशतमध्ये पहिलो चरणमा २४ प्रतिशत शेयर निष्कासन भएको हो ।

पहिलो चरणका लागि हुन लागेको यस आह्वानअनुसार सञ्चयकोषका कर्मचारी, सञ्चयकर्ता, संस्थापक संस्था (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय तहका कर्मचारीले शेयर आवेदन दिन सक्नेछन् । दुवै कम्पनीले प्रतिकित्ता रू. १ सय दरको शेयर निष्कासन गर्न लागेका हुन् ।

आवेदकहरूले देशभरि रहेका सी–आस्बा सेवा प्रदान गर्ने बैङ्क तथा वित्तीय संस्थाहरूमा आफ्नो कर्मचारी परिचयपत्र तथा सञ्चयकर्ताको हकमा सञ्चयकर्ता परिचयपत्र पेश गरी आवेदन दिनुपर्ने व्यवस्था रहेको छ । शेयर आवेदन दिन डिम्याट खाता पनि अनिवार्य रहेको छ ।

दुवै कम्पनीमा सञ्चयकोषका सञ्चयकर्ताले फागुन ११ देखि ३० गतेसम्म र बाँकीले चैत ५ देखि १३ गतेसम्म शेयर आवेदन दिन सक्नेछन् ।

२०६८ मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ पुस २० गतेसम्म सञ्चयकोषको सञ्चयकर्ता रहेका कर्मचारीले रसुवागढीको शेयर भर्न पाउनेछन् । यो समूहका लागि रसुवागढीले १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर निष्कासन गर्दै छ । त्यसैगरी, कम्पनीका संस्थापक संस्थाहरूका कर्मचारीका लागि २३ लाख ९४ हजार ७ सय ३५ कित्ता र सञ्चयकोषका कर्मचारीका लागि ६ लाख ८४ हजार २ सय १० कित्ता शेयर वितरण हुनेछ ।

रसुवागढीमा, सञ्चयकोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० देखि ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, कर्मचारी सञ्चयकोषका कर्मचारीहरूले न्यूनतम ५० देखि २ हजार ५ सय कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी २०६८ मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ मङ्सिर २६ गतेसम्म सञ्चयकोषका सञ्चयकर्ताको रूपमा रहेका कर्मचारीहरूले साञ्जेनको शेयरका लागि आवेदन दिन सक्नेछन् । यो समूहलाई ७१ लाख १७ हजार ५ सय कित्ता शेयर वितरण गर्ने साञ्जेनको लक्ष्य रहेको छ ।

कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरूलाई १२ लाख ७७ हजार ५ सय कित्ता र सञ्चयकोषका कर्मचारीका लागि लागि ३ लाख ६५ हजार कित्ता शेयर वितरण हुनेछ ।

सञ्चयकोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० देखि ३ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, कर्मचारी सञ्चयकोषका कर्मचारीहरूले न्यूनतम ५० कित्तादेखि १ हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री