शुक्रबार, १४ वैशाख २०८१

बालिका बलात्कार आरोपी भारतबाट पक्राउ

समयपोष्ट २०७४ माघ २८ गते २:०३

बालिका बलात्कार घटनाका फरार आरोपी विराटनगरका मनिष श्रेष्ठलाई प्रहरीले भारतको पश्चिम बंगालबाट पक्राउ गरेको छ । श्रेष्ठलाई शनिबार नै  सुनसरी ल्याइएको खबर आजको कान्तिपुरमा छ ।

Advertisement

पुस १६ गते राति साथीको गर्लफ्रेन्ड बलात्कार गरेको आरोप लागेका श्रेष्ठलाई प्रहरीले भारतको जलपाइगुडीबाट पक्राउ गरेको हो ।

चिया बगानमा काम गर्ने आफन्तको घरमा श्रीमतीसहित बसिरहेका उनलाई नेपालबाट गएका प्रहरीले पश्चिम बंगाल प्रहरीको सहयोगमा पक्राउ गरेका हुन् ।

पक्राउ परेका उनको परिचयपत्र भारतीय प्रहरीले माग गरेपछि भने काकडभिट्टा नाकाबाट नेपाल भित्र्याउन निकै समय लागेको थियो । पछि सुरक्षा उच्च अधिकारीले भारतीय अधिकारीसँग वार्ता गरेपछि मात्र श्रेष्ठलाई नेपाल ल्याइएको हो ।

उनलाई अनुसन्धानको लागि जिल्ला अदालत सुनसरीबाट आइतबार म्याद थप गरिने वरिष्ठ प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए ।

इटहरी २ मा रहेको रोयल रिसोर्ट होटलको कोठा नम्बर ११२ मा १४ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई खोजी गरेको थियो । उनीविरुद्ध किशोरीले किटानी जाहेरी दिएकी छन् ।

धरानका जोकभ लिम्बुकी १४ बर्षीया गर्लफ्रेन्डलाई इटहरी २ स्थित रोयल रिसोर्ट होटलको कोठा नम्बर ११२ मा लगेर उनले जबरजस्ती बलात्कार गरेको बयान पीडितले प्रहरीसमक्ष दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री