शनिबार, १५ वैशाख २०८१

बिहेको अघिल्लो रात बेहुला हराएपछि…

समयपोष्ट २०७४ माघ २७ गते २:००

घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो ।

Advertisement

आजको कान्तिपुरमा खबर छ,अघिल्लो दिन अकस्मात बेहुला हराए । खोजी गर्दा कतै भेटिएनन् । बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे ।

खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्यो । अहिलेसम्म अवस्था पत्ता नलाग्दा उनीहरुले बाध्य भएर शुक्रबार प्रशासन कार्यालय नै घेराउ गरे ।

सोमबार विवाहको लगन जुराइएको थियो । गौंडाकोट १४ का २९ बर्षीय बालकृष्ण खरेल अघिल्लो बेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका थिए ।

तर, मध्यरातदेखि उनी बेपत्ता भए । घर नजिककी युवतीसँग विवाह छिनिएको थियो, उनको ।

दुवै परिवारले सबै तयारी पूरा गरिसकेका थिए । बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन् ।

‘बिहेको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौ, पछि सुत्न गयौं बिहान हेर्दा भाइ कोठामा थिएन’, दाजु गणेशले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री