बिहीबार, १३ वैशाख २०८१

अष्टलक्ष्मीलार्इ मुख्य मन्त्री बन्नबाट दश मतले रोक्यो

समयपोष्ट २०७४ माघ २६ गते ८:२४

नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी हुनुभएको छ ।

Advertisement

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गर्नुभयो । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । यस प्रदेशमा एमालेका ५८ सदस्य छन् ।

हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री