शुक्रबार, १६ चैत २०८०

काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर

समयपोष्ट २०७७ फागुन १४ गते १७:५७

Advertisement

नेपाली काँग्रेस नेता नविन्द्रराज जोशीको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

बिहीबार राति मस्तिष्कघात भएका जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

जोशीलाई बिहीबार राति शरीरको देब्रे पट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान थप उपचारका लागि उनलाई वीरबाट नर्भिक सारिएको थियो । न्युरो सर्जन डा.राजीव झासहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न छ ।

जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको चिकित्सकले जनाएका छन् । उनको सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको छ। यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुँने बताईएको छ । चिकित्सकको अनुसार संसारभरि यस्ता समस्या भएका ७० प्रतिशत मानिसहरू बाँच्दैनन्। बाँचेका ३० प्रतिशतलाई नराम्रो पक्षघात हुन्छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री