शुक्रबार, १६ चैत २०८०

प्रतिनिधिसभाका सांसदहरुलाई तीन महिनाको तलव एकमुष्ट

समयपोष्ट २०७७ फागुन १३ गते १६:०७

Advertisement

प्रतिनिधिसभाका सांसदहरुले तीन महिनाको तलव एकमुष्ट पाउने भएका छन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको अवधिमा नपाएको तलब सांसदहरुले एकमुष्ट पाउने भएका हुन् ।

फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि गत पुस ५ गतेदेखि शून्य अवस्थामा रहेको अवधिको पनि तलब पाउने संसद सचिवालयले जनाएको छ ।

२ सय ६९ सांसदले प्रतिमहिना तलब भत्ता गरी ६५ हजार माथिको रकम बुझ्ने गरेका छन् । प्रतिनिधिसभाका सांसदहरुको लागि मासिक झन्डै २ करोड रुपैयाँ हाराहारी तलब भत्तामा खर्च हुने गरेको छ । प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये विभिन्न कारणले ६ स्थान खाली छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री