बिहीबार, ६ वैशाख २०८१

मनकामना मन्दिरमा चोरी

समयपोष्ट २०७७ फागुन १३ गते १५:१३

Advertisement

तारानाथ आचार्य

बागलुङको तित्याङस्थित मनकामना मन्दिरमा चोरी भएको छ ।

अज्ञात समूहले हिजो राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिनुभयो ।

मन्दिरको ढोका अघि राखिएको २५ किलोको एक थान, १० किलोको एक थान र ७ वटा अन्य साना घण्टी चोरी भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अङ्खोरा चोरी भएको छ । पुजारीले बुधबार साँझ पूजा गरेर गएपछि मन्दिरमा चोरी भएको बताइएको छ । आज बिहान जाँदा मन्दिरका सामग्री चोरी भएको पाइएको पुजारीले जानकारी दिनुभएको थियो ।

शौचालयको ताला फोरेर भित्र तोडफोड गरिएको छ । चोर्न आउने व्यक्तिले मन्दिरमा रुमाल छोडेको बताइएको छ । चोर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री