शनिबार, १५ वैशाख २०८१

गायिका अन्जु पन्तले गरिन् दोस्रो विवाह

समयपोष्ट २०७७ फागुन १२ गते २२:०४

Advertisement

गायिका अन्जु पन्तले क्रिस्चियन परम्परा अनुसार आज विवाह गरेकी छिन् ।

उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत रहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री