मंगलबार, १ जेठ २०८१

प्रियंकाले यसकारण लगाएकी रहिछिन् मोदीका अगाडि छोटो लुगा

समयपोष्ट २०७७ फागुन ३ गते १८:२९

Advertisement

२०१७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसामु मिनि ड्रेस लगाएर बसेको तस्बिर भाइरल भएपछि उनी ट्रोलको शिकार भएकी थिइन् । यस घटनाबारे प्रियंकाले आफ्नो पुस्तक ‘अनफिनिस्ड’ मा चर्चा गरेकी छिन् ।

प्रियंकाकाअनुसार प्रधानमन्त्री मोदी र उनीबीच त्यस समय बर्लिनको एक होटलमा भेट भएको थियो । प्रियंकाका अनुसार त्यस समय उनी आफ्ना अमेरिकी प्रचारक र भाईसँग थिइन् । त्यही भेटका केही तस्बिर उनले सामाजिक सञ्जालमा राखेकी हुन् ।

‘मैले यसकारण त्यो ड्रेस लगाएको थिएँ, किनकी म ती दिनहरुमा ‘बेवाच’ फिल्मको पनि प्रमोशन गरिरहेको थिएँ’ प्रियंकाले आफ्नो पुस्तकमा लेखेकी छिन् । प्रियंकाको फोटो त्यतिबेला निकै भाइरल भएको थियो । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले देशको प्रधानमन्त्रीसामुु यस्तो पोशाकमा उपस्थित हुन नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री