वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा घुससहित पक्राउ
समयपोष्ट
२०७७ फागुन ३ गते १७:५३
अख्तियारको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बालाई घुससहित पक्राउ गरेको छ ।
टोलीले सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत ८ हजार घुस लिएको अभियोगमा नायव सुब्बा नरेन्द्र चन्दलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया