मंगलबार, १ जेठ २०८१

भारतमा भइरहेको किसान आन्दोलनको समर्थनमा रिहाना,कंगनाले भनिन् ति- आतंककारी हुन्

समयपोष्ट २०७७ माघ २१ गते १६:२३

 

Advertisement

भारतमा कृषि कानूनविरुद्ध दिल्लीसँग जोडिएका विभिन्न सीमामा किसानले प्रदर्शन गरिरहेका छन् । किसानको यो आन्दोलनको चर्चा भारतमा मात्रै नभई यो अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको छ ।

बेलायतका सांसद तनमनजीत सिंह धेसीसमेत थुप्रे चर्चित व्यक्तित्वले भारतको किसान आन्दोलनबारे आफ्नो प्रतिक्रिया दिइसकेका छन् ।

यो सूचीमा अब पप स्टार रिहानाको नाम पनि समावेश भएको छ ।

Advertisement

रिहानाले फेब्रुअरी २ तारिखमा भारतको किसान आन्दोलनमाथि एउटा ट्वीट गरिन् ।

उनले सीएनएनको एउटा स्टोरीको लिङ्क सेयर गर्दै लेखिन्, ‘आखिर हामी यसबारे किन कुरा गरिरहेका छैनौं ?’ यो ट्वीटसँग उनले ह्याशट्याग #FarmersProtest पनि लगाएकी छिन् ।

रिहानाको यो ट्वीट अत्यधिक चर्चामा आएको छ । भारतमा रिहाना टप ट्वीटर ट्रेन्डमा छिन् ।

रिहानाको ट्वीटमा मिश्रित प्रतिक्रिया आइरहेको छ । कतिले यसलाई पब्लिसिटी स्टन्ट बताइरहेका छन् भने उनले किसानहरुको आवाज उठाएको भन्दै उनको प्रशंसा पनि गरिरहेका छन् ।

तीमध्ये कंगना रनौतको जवाफ सबैभन्दा बढी चर्चित भएको छ ।

रिहानाको ट्वीटमा कंगना रनौतले जवाफ दिँदै लेखेकी छिन्, ‘यसबारे कसैले पनि कुरा गरिरहेका छैनन् किनभने उनीहरु किसान होइनन् आतंककारी हुन् जसले भारतलाई टुक्र्याउन चाहन्छन् ताकि चीनजस्तो देशले हाम्रो राष्ट्रमाथि कब्जा जमाउन सकोस् र अमेरिकाजस्तै चाइनिज कोलोनी बनाउन सकून् । तिमी शान्त भएर बस मूर्ख, हामीहरु तिमीहरुजस्तो मूर्ख होइनौं जसले आफ्नो देश बेचेका छन् ।’

कंगनाको यो ट्वीटमा धेरै मानिसहरुले आपत्ति जताएका छन् र उनलाई यस्तो प्रकारको प्रतिक्रिया नदिन सुझाव दिएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री