मंगलबार, २५ वैशाख २०८१

यो हो पानी माथि रुखहरु बढेको देखिने रहस्यमय ताल

समयपोष्ट २०७६ फागुन १६ गते १६:५६

Advertisement

काजाकिस्तानमा यस्तो ताल छ जुन माथिबाट सुन्दर ताल जस्तो देखिन्छ भने नजिक जादाँ अजीब काठका खम्बाहरु देखिन्छ ।

यो क्यान्डी तालको रुपमा परिचित छ ।

यो ताल यस्तो हुनुमा १९११ को भुकम्प हो । भुकम्पको कारण पहिरोले सम्र्पुण क्षेत्र उखेलियो र यी रुखहरु ढल्नाले पुरै प्राकृतिक बाँध नै बनायो । करिब एक शताब्दीको लागि उक्त सम्पुर्ण क्षेत्रलाई वर्षा भई पानीले भरिदियो । बिस्तारै यसले तालको रुप लिई क्यान्डी तालको अस्तित्वमा आयो ।

उक्त ताल समु्द्रि सतहबाट करीव २ हजार मिटर माथि अवस्थित छ । रुखको माथिल्लो भाग, जसमा पात र शाखाहरु पानी मुनि रहेका थिए । उही तरीकाले सुरक्षित गरी पानी मुनि जंगल भयो ।

Advertisement

उक्त तालमा भएको पानी धेरै चिसो छ, यसले ठुलो फ्रिजको रुपमा काम गर्दछ । यो ताल कजाकिस्तानको सबैभन्दा ठुलो शहर अल्माटीबाट ८० माईलको दुरीमा छ ।
हालका वर्षहरुमा काजाकिस्तानको ताल क्यान्डी विश्वको पर्यटकहरुको लागि एक प्रसिद्ध पर्यटन गन्तव्यको रुपमा देखा परेको छ । उक्त ताल हिउँदको मौसममा हिउँ ड्राइभिंग र माछा मार्न पनि परिचित छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री