बुधबार, २६ वैशाख २०८१

अमिताभ–जयाको गहना मात्रै छन् ६२ करोडको, छोरा बुहारीको भन्दा बढी छ सम्पत्त्ति

समयपोष्ट २०७६ फागुन १६ गते १५:५९

Advertisement

करिब ४ दशकदेखि बलिउडमा राज गरेका अमिताभ र जया र लामो समयदेखि बलिउडमै जमिरहेका ऐश्वर्या र अभिषेकका सम्पत्ति कति छ ? भनेर धेरैलाई चासो हुने गर्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या – अभिषेकको भन्दा अमिताभ–जयाको सम्पत्ति धेरै छ । जया–अमिताभको कुल सम्पत्ति २८०० करोड रहेको छ । उनीहरुको मुम्बईमा जलसा र प्रतीक्षा नामको दुईवटा बंगला छ ।

मुम्बईबाहेक उनीहरुको भोपाल, पुना, अहमदाबाद र फ्रान्समा पनि उनीहरुको सम्पत्ति छ ।

समाचारका अनुसार जयाले समाजवादी पार्टीको उम्मेदवार बन्ने समयमा आफ्नो कुल सम्पत्ति १००० करोड बताएकी थिइन् ।

Advertisement

उनीहरुसँग १२ वटा गाडी पनि छ । जया बच्चनसँग ६२ करोड भारुका गहना छन् । जसमा अमिताभ बच्चनले लगाएको औंठी पनि सामेल गरिएको छ । यो परिवारलाई बलिउड उद्योगमै धनी परिवारको रुपमा चिनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री