शुक्रबार, १६ चैत २०८०

खेलकुदले विश्वमा नै नेपालको छबी उच्च बनाएको छः मन्त्री आङ्बो

RSS २०७६ फागुन १५ गते १८:५०

Advertisement

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले खेलकुद क्षेत्रको विकासले हरेक देशको विकास मापन हुने बताउनुभएको छ ।

इलाममा आजबाट शुरु भएको माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले दक्षिण एशियाली १३औँ साग प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनले स्वदेशमा मात्र नभई विश्वमा नै देशको छबी उच्च भएको बताउनुभयो ।

पछिल्लो समयमा नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय मैदानमा देखाएको प्रस्तुतीले नेपाल र नेपालीको छबी उच्च भएको उल्लेख गर्दै उहाँले हाल देशमा रहेका तीनै तहका सरकारले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

आजदेखि शुरु भएको प्रतियोगितामा १० खेलाडी टोलीको सहभागिता रहेको छ । आगामी फागुन २४ गते प्रतियोगिताको फाइनल खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई रु आठ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नेछ भने उपविजेतालाई रु ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक माइभ्याली फूटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले जानकारी दिनुभयो ।

यस खेललाई पूर्वी पहाडी क्षेत्रकै प्रतिष्ठित प्रतियोगिताका रुपमा लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री