सोमबार, २४ वैशाख २०८१

पाँच मुख भएको बाच्छो, जसको मुख दुध पिउने बेला एकैपटक खुल्छ

समयपोष्ट २०७६ फागुन १२ गते १४:५७

Advertisement

भारतको हरियाणामा एक गाईले अनौठो बाच्छोलाई जन्म दिएको छ । नारनौल जिल्लाको एक गाउँको डेरी फार्ममा पाँच मुख भएको बाच्छो जन्मिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो बाच्छोका पाँच मुख आमाको दुध पिउने बेलामा एकै पटक खुल्ने गर्दछ । पाँच मुख भएको यो बाच्छो स्वस्थ्य रहेको छ ।

यसको नाम नन्दी राखिएको छ । मानिसहरु यसलाई भगवानको रुप मानेर पुजा गरिरहेका छन् । नन्दी नामको पाँच मुखवाला बाच्छो हाल धेरै प्रसिद्ध भएको छ । नन्दीलाई देख्ने मानिसहरु शिर झुकाएर बाच्छोको खुट्टा छोएर पुज्ने गर्दछन् । एक निलो र अर्को कालो आँखा भएको उक्त बाच्छोलाई हेर्न स्कुलका विद्यार्थीहरु पनि आउने गरेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री