शनिबार, ८ वैशाख २०८१

यौन शक्ति बढाउन चिनियाँ युवकले खाए जिउँदो भ्यागुतो (भिडियो)

समयपोष्ट २०७६ फागुन ७ गते १८:१८

Advertisement

कोरोनाले आक्रान्त बनेको चीनमा अहिले एउटा भिडियो निकैनै भाइरल बनेको छ।

भिडियोमा एक चिनियाँ नागरिक खुल्ला बजारमा एउटा जिउँदो भ्यागुतो खाइरहेको देखिएका छन् ।

कोरोना भाइरस कसरी फैलियो भन्नेबारे केही पत्ता लाग्न नसकेको अवस्थामा चिनियाँ युवकको यस्तो व्यवहारले मानिसहरु विचलित छन् । वैज्ञानिक र स्वास्थ्य विज्ञले यो भाइरस चमेरोबाट फैलियो वा सर्प वा कुनै जनावरबाट मानिसमा सरेको हो भन्ने प्रमाण खोजिरहेका छन् ।

सार्वजनिक भएको भिडियो अनुसार सुरुमा ती युवकले भ्यागुतोको टाउकोलाई दाँतले टोके त्यसपछि भ्यागुताको दिमाग निकालेर खाए ।

चीनमा विदेश मन्त्रालयका स्वास्थ्य विशेषज्ञ यानझांग हुआंगले चीनमा जीवित जनावर खानु एउटा परम्परा नै भएको बताए । उनले भ्यागुता खाँदा यौन शक्ति वृद्धि हुने पनि बताए ।

चीनमा यस्ता जीव जनावरलाई विभिन्न बजारबाटै खरिद गर्न सकिन्छ ।

यानझांग हुआंगका भने, ‘हामीले सोसल मिडियामा भाइरल भएको यो भिडियोको अनुसन्धान गरेका छौं र यो सन् २०१६ को भिडियो भएको पत्ता लागेको छ ।’

भिडियोमा देखिए अनुसार ती व्यक्तिले भ्यागुतालाई सुरुमा टाउकोमा टोक्छन् र हातले भ्यागुताको छालालाई सर्लक्कै मुनिसम्म च्यातिदिन्छन् । त्यसपछि उनले क्यामराको अगाडि भ्यागुताको दिमाग निकालेर खान्छन् ।

ती युवकले लाइभस्ट्रिम भिडियोमा विभिन्न जनावर खाएको भिडियो पोष्ट गरेर चर्चा बटुल्ने गरेको बुझिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री