बुधबार, १२ वैशाख २०८१

श्रीमान बिदेशमा, यता मेरो प्रौढ प्रेमले बनायो यस्तो अबस्था

समयपोष्ट २०७६ फागुन ७ गते १६:५२

Advertisement

कृष्ण वर्मा

धनमत्त, बैशमत्त र रुप मत्त भयो भने मान्छे काम लाग्दैन भन्ने उखान बल्ल घत लागेको छ । म मेरो पुरा परिचय दिन चाहन्न म नेपालको कुनै गाँउमा बस्ने महिला हुँ । मेरो बुढेशकालको बैशले मेरो घर मेरा पहिलाका श्रीमानको घर मेरा वर्तमान र निवर्तमान श्रीमानको घर परिवार धन सम्पत्ति सर्वनाश, मेरा छोरा छोरीको बिचल्ली बनाई उनीहरुलाई आफ्नै घर प्रदेश बनाउने मेरो र मेरो हालको अबस्थाको कथा । म सानैमा अलि टाठी बाठी र रुप पनि भएकीले म धेरै चन्चल थिए रे । उतिबेला मेरा बा आमाले र आफन्तले मेरो चन्चलता देखेर मलाई अलि सानै उमेरमा विवाह गरिदिनु भयो ७ -८ कक्षामा पढ्दै गर्दा १६-१७ वर्षको उमेरमा । उ बेला स्कूल अलि छिप्पिएपछि जाने चलन थियो । अनि मेरो चन्चलताले बिश्राम लियो भने पराई घरमा जवानी फुल्दै र फक्रदै गयो । बिहे पछि घरजम तिर लागियो हाम्रो परिवार ग्रामीण भेगमा मध्यमखालको थियो गरी खाने सम्पत्ति गाई वस्तु थिए श्रीमान घर गाउँ घरमै व्यपार व्यवसाय र म घरको मेलापात गर्दै हाम्रो केही समय सामुहिक परिवारमा वित्यो । सामुहिक परिवारबाट हामीलाई घर परिवारको सल्लाह बमोजिम बिहे भएका जति दाजु भाई छुट्टे भिन्न हुने काम भयो । हामी छुट्टियौं केही बर्ष भित्रमा हाम्रा २ वटा सन्तान भए १ छोरी र १ छोरा । श्रीमान सँगै बस्ने सँगै मेलापात र घरको काम गर्ने बाल बच्चा हुर्काउने सासु, ससुरा, जेठाजु, देवर, जेठानी, देवरानीको माया ममता र सहयोगले हाम्रो परिवार भिन्न भए पनि सामुहिक जस्तै थियो सबै खुशी र सुखी थियौं । अहिलेको जमानामा धेरै बच्चा बनाउन हुन्न भन्ने हामी दम्पत्तीको सल्लाह अनुसार परिवार नियोजन गर्ने कुरा आयो र मैले आफैले गर्ने निर्णय गरे र स्थायी परिवार नियोजन गरी कम उमेरमै उम्केर बसेका थियौ ।

मेरो जिन्दगी यति खुशी थियो कि मलाई कुनै पश्चताप र पछुतो थिएन किनकी माया गर्ने श्रीमान र स्वस्थ छोरा छोरी नजिकको माईत र घर परिवारको माया ममताले मलाई खुशी र सुखि राखेको थियो । हामीले परिवारको खर्च चलाएर गाउँ समाजमा संचालन भएका समूह हरुमा सन्तानको लागि भनी धेरै थोरै बचत पनि गरेका थियौं । परिवार सानो थियो र सुखी थियो । बेला बेलामा श्रीमानले भन्ने गर्नु हुन्थ्यो अब यहाँ बसेर हुन्न भारत वा विदेश तिर गएर नोकरी गर्नु पर्यो भनेर तर मलाई सुन्दा कस्तो कस्तो र बिरक्त्त भएर आउथ्यो अनि मैले भन्थे किन जानु पर्यो विदेश भारत यही काम गरे भई हाल्छ नि किन बढी पैसा चाहियो र भनेर मलाई पैसा र सम्पत्ति भन्दा पनि श्रीमानो माया र साथ चाहिएको थियो तपाई बिना म बाच्न सक्दिन भन्थे । समयकै अन्तारल सँगै देशमा भएको सामाजिक र आर्थिक विकास सँगसँगै केही समय पछि विदेश जानेको चहल पहल र विदेशीबाट फर्किएकाहरुको तडक भडक र उनीहरुको प्रगतीले मलाई पनि कता कता छोयो मन न हो मानिस आफ्नो भन्दा अरुको प्रगतिमा जल्ने गर्दछ । गाउँ घरको व्यापार व्यवसाय पनि त्यति चल्न छोड्यो र चले पनि उधारोले व्यापार व्यवसाय खस्किएको थियो । श्रीमानले पनि बिदेश जाने ईच्छा देखाउनु भयो भने मलाई पनि बिदेशीकी श्रीमति बन्ने रहर लागेको थियो । २ जनाको सल्लाह र ससुरा, सासुको सल्लाह बमोजिम उहाँ बिदेश जाने हुनु भयो । मलाई भने कसरी दिन बिताउने होला बिताउन सकौला कि नसकौला भन्ने चिन्ताले पिरोल्न थाल्यो ।

योजना अनुसार श्रीमान बिदेश जाने दिन आयो दिन नजिकदै गर्दा मेरा आखा ओबाना थिएनन् रात र दिन रोएर बित्ने गर्दथे । श्रीमानले चिन्ता नगर म मात्रै हो र सबै त बिदेश गएका छन् नि भनेर सम्झाउन खोज्नु हुन्थ्यो तर म भने उहाँको माया ममता र साथ बिना रहन सक्छु जस्तो लाग्दैन्थ्यो । मलाई बाल बच्चा हुर्काउने घर व्यवहार चलाउने भन्दा पनि उहाँको अभावमा कसरी जिउने भन्ने मात्र थियो । समय आयो उहाँ विदेशको लागि काठमाण्डौ जानु भयो मेरो घरमा चुल्हो बलेन २(३ दिन सम्म म खान नखाई बसे र भगवानसँग कामना गरे उहाँको सुस्वास्थको लागि बच्चा बच्ची बुढो घरै बस्ने गर्दथे मलाई उनीहरुको चिन्ता थिएन । उहाँ विदेश पुग्नु भयो भन्ने समाचार पाईयो त्यसबेला अहिले जस्तो मोबाईल फोन सबैकोमा थिएन । उहँले चिठी लेखी पठाउनु भयो मेरो चिन्ता नगर्नु म राम्रैसँग पुगे र नोकरीमा लागे भनेर तर मलाई झन चिठी प्राप्त भए पछि उहाँको माया झनै लाग्न थाल्यो बिर्सन लागेको फेरी सम्झाईदिए जस्तै गरी । मान्छे समयको दाशी हो मेरो पनि घर व्यवहार बाल बच्चा हुर्काउने पढाउने घर धन्दा मेलापातमै बित्न थाल्यो उहाँको साथ खोजे पनि परिवारको प्रगति र उन्नतीको मेरो ईच्छाको लागि बिदेशिनु भएको उहाँको सम्झना त थियो नै । घर परिवार र समाजले पनि मलाई बिश्वास गरेकै थियो । उहाँले केही समय पछि पैसा पठाउदै गर्न थाल्नु भयो अनि मैले पैसाको बचत र लगानी तथा साहु ऋण व्यवहारको हिसाब किताब राखी ससुरा तथा देवर जेठाजुलाई जानकारि दिन्थे । म मा अलि अलि परिवर्तन हुन थाल्यो मैले पनि अरुको देखा सिखी गर्न थाले । म मा माया र ममताको खडेरी पर्न थालेको थियो । मलाई अब पैसा भन्दा पनि श्रीमानको आवश्यकता हुन थाल्यो । श्रीमान बिदेशबाट १ वर्षमा पहिलो पटक आउनु भयो । मेरो मायामा परेको खडेरीमा शितलता छायो फेरी मेरा हर्षका आशु बर्षिए ।

उसको र मेरो उठबस निरन्तर हुन थाल्यो मैले घर भन्न छोडे उसले परिवार भन्न छोड्यो मैले उहाँहरु समक्ष बस्दा भनेकी थिई अब आईन्दा म यसो गर्दिन भनेर तर कहाँ सुध्रिने झन व्यापक हुन थाल्यो एक दिन घर परिवारका सदस्यले हामीलाई रंगहात भेटाए ।

मैले भन्थे अब जानु हुन्न बिदेश म बस्न सक्दैन तर श्रीमान भन्ने गर्नु हुन्थ्यो हैन जागिर राम्रो छ २(३ वर्ष अरु बसियो भने त अलि अलि पैसा हुन्छ अनि हामी शहरमा गएर बसौला यहाँ दुख गर्न सकिन्न । मैले सोचे ठीकै हो भन्ने हुन्छ जानु तर मैले भने अब बाल बच्चाहरु यहाँका स्कूलमा पढाएर हुन्न राम्रो विद्यालयमा पढाउनु पर्छ सदरमुकाम तिर बस्ने व्यवस्था गरेर जानुहोस भने उहाँले पनि बिदेशमा गएर पढाईको महत्व बुझ्नु भएको र पढाउनको लागि पनि थोरै धेरै पैसा कमाउनु भएकोले बाल बच्चाको भविष्यको लागि मन्जुर हुनु भयो । उहाँ बिदेश उड्नु भयो । म बाल बच्चा सहित उता गाँउको घर सम्पत्ति त्यत्तिकै छोडेर सदरमुकाम डेरा खोजेर बाल बच्चालाई बोर्डिङ् स्कूलमा भर्ना गरेर बजारमा बस्न थाले । सदरमुकाम आए देखि मेरो संगत र देखा सिखीले म मा केही परिवर्तनु हुन लाग्यो । मेरो पुरानो चन्चलताले नविकरण पायो म मा श्रीमानी माया ममता र अभावको खडेरी थियो । लोग्ने मान्छेहरुसँग बोल्ने नजिक हुने गर्न थाले समाज हो यहाँ जस्ता पनि मानिस बस्ने गर्छन् कोही यस्तै मौका पर्खिएर बस्ने मानिसहरुको समूहमा म पर्दै गए तर मैले कुरा बुझ्न सकिन तिनीहरुले मलाई प्रयोग गर्दै छन् भन्ने किन कि मलाई श्रीमानको अभाव थियो ।

उहाँ पहिलो पटक आउदा मोबाईल फोन ल्याईदिनु भएको थियो । हाम्रा दिनानुदिन कुरा कानी हुन्थे । हामीले घर परिवार र सन्तानको लागि योजना बनाउदै थियौ । मलाई यहाँ घडेरी मिलाईदिन्छु भन्ने लोग्ने मान्छेहरु भेट भई रहन्थे मैले यो कुरा उहाँ समक्ष राखे र उहाँले पनि स्वीकृती दिनु भयो सदरमुकाममा एउटा घडेरी किन्ने हामीले घडेरी किन्यो त्यो बेला मैले ससुरालाई बोलाए ससुराले पनि हेर्नु भयो हामीले सस्तो दरमा घडेरी पाएका थियौ । ससुराले घडेरी छोरो आए पछि छोराको नाममा पास गर्ने भन्न थाल्नु भयो मैले भने मेरो नाममा पास गर्ने भनेर जिद्दी गरे ससुरा मसँग रिसाउनु भयो तर मैले हठ छोडिन मलाई लाग्द्थ्यो मैले उहाँको थुक पसिना र रगतले कमाएको पैसामा यसरी बदमास गरौला भन्ने सपनामा पनि सोचेकी थिइन ।

मैले श्रीमानलाई कम र उनीहरु मध्येका १ जनालाई बढी फोन सम्पर्क गर्न थाले । उनी मेरो कोठामा आउने बस्ने खाने गर्न थाले । म घर कम जान थाले यतै धेरै बस्न थाले तर म मा कस्तो कस्तो परिवर्तन आए जस्तो लाग्न थाल्यो म आधुनिकतामा प्रवेश गरे जस्तो भान हुन थाल्यो ।

मैले पनि यहाँ घर खर्च चलाउन हुन्छ भनेर सानो तिनो किराना सामानको पसल राख्ने बिचार गरे र उहाँ सँगको सल्लाहमा पसल राखियो । मैले माथि नै भने म मा अब उसबेलाको फक्रदै गरेको बुढेसकालको बैशको सबार भएको महसुस गर्न थाले । त्यसैबेला मेरो फोन सम्पर्क त्यही अबसर कुरेर बसेका लोग्ने मान्छेहरुसँग हुन थाल्यो । मैले श्रीमानलाई कम र उनीहरु मध्येका १ जनालाई बढी फोन सम्पर्क गर्न थाले । उनी मेरो कोठामा आउने बस्ने खाने गर्न थाले । म घर कम जान थाले यतै धेरै बस्न थाले तर म मा कस्तो कस्तो परिवर्तन आए जस्तो लाग्न थाल्यो म आधुनिकतामा प्रवेश गरे जस्तो भान हुन थाल्यो । समय बित्दै जाँदा मेरो घर छोड्ने र उनीसँगको उठ बस अलि नै बढी हुन थाल्यो । घर परिवारले पनि हल्का थाहा पायो तर म मा भने केही अनुभूती नै थिएन । समाज र छर छिमेकमा कुरा व्यापक भयो । मलाई उहाँको माया ममता लाग्न छोड्यो । मोज र मस्तीमै जिन्दगी चल्न थाल्यो । घडेरीको पनि भाउ बढेर दोब्बर भयो । यसै कुरालाई लिएर घर परिवार र आफन्तले मलाई सम्झाई बुझाई गर्ने र फकाएर घडेरी छोराको नाममा पास गर्ने गरी कोठे बैठक बसे र श्रीमानलाई यो कुराको पनि जानकारी दिए । मैले श्रीमानलाई उल्टै गाली गरे तपाई अरुको कुरा सुन्ने कि मेरो कुरा सुन्ने भनेर उहाँलाई थुर्न थाले । तर जे होस मलाई बल्ल लाग्न थालेको छ म गलत थिए भनेर । मेरो चर्चाले व्यापकता पाए पछि घरकाले श्रीमानलाई झिकाउनु भयो । उहाँ बिरामीको निहुँ पारेर घर आउनु भयो । बाल बच्चा र उहाँ बिहान घर जानु भयो म भने दुकानमा काम छ भनेर साँझ मात्र घर गए । श्रीमानलाई मैले धेरै थर्काए तर उहाँले मलाई यो सम्बन्धि केहि कुरा गर्नु भएन । अर्को दिन उहाँले भन्नु भयो मेरो कमाई कम हुन थाल्यो अब घरमै बस्ने छोरा छोरीलाई बोर्डिङ्ग स्कूलमा पढाउन सकिन्न सदरमुकामको जग्गा बेचेर यहाँ घर बनाउनु पर्यो भनेर तर मैले जिद्दी गरे । सबैले म माथि धेरै शंका गरेको हुनाले मैले हुन्छ भने अब हामी घरमै बस्ने निर्णय गरियो ।

हामी घर गए पछि मेरो नजिकिएका लोग्ने मान्छे पनि घर आए मैले अर्कै साईनो जोडे हाम्रो फोनमा कुरा त भै रहन्थ्यो । उहाँलाई उपचारको लागि पनि मैले शंका नहोस भनेर सँगै पठए । श्रीमान घर परिवारलाई म सुध्रेको म त्यसो नगर्लि भन्ने सोचले श्रीमानफेरी बिदेश जानु भयो । चोरी गर्न पल्केको गाई कहाँ त्यसै सुध्रिन्थ्यो र म मा कुनै फिलिङ्गस नै थिएन मैले नराम्रो गरेको छु भन्ने । म त उहाँहरुलाई नै दोष लगाउथे हाम्रो माया ममता र तपाईको कमाई देखेर यसरी कुरा लगाएका भनेर ।

 

उसको र मेरो उठबस निरन्तर हुन थाल्यो मैले घर भन्न छोडे उसले परिवार भन्न छोड्यो मैले उहाँहरु समक्ष बस्दा भनेकी थिई अब आईन्दा म यसो गर्दिन भनेर तर कहाँ सुध्रिने झन व्यापक हुन थाल्यो एक दिन घर परिवारका सदस्यले हामीलाई रंगहात भेटाए त्यस पछि समाज बस्यो घर परिवार र समाजले हामीलाई दोषी ठहरायो हाम्रा विगतका क्रियाकलाप सबैले एक एक गर्दै उकेल्न थाले तर हामी मेरो निवर्तमान श्रीमानसँग फोनमा गाउँ समाजका मानिसले सोधे के गर्ने भनेर उहाँले पनि कसरी राख्नु र मेरो धन सम्पत्ति ईज्जत सबै बर्वाद पारी मैले त एक पटक राखी सकेको हुँ अब पनि त्यस्तै छ भने त कसरी राखु भन्नु भयो । त्यहाँ वास्तवमा सबै सही थिए गलत हामी दुई जना मात्र । दुवैले सकेसम्म अस्वीकार गर्दै गयौ तर समाजसँग हामीसँग भन्दा बढी प्रमाण रहेछन् अन्तत् हामीदुईलाई एक गराई छाड्यो यो हामी दुवैको कल्पना पनि थियो एक प्रकारले हामी सफल पनि भयौ । मैले कुनै हिनताबोध बिना माया गर्ने श्रीमान त्यो घर छोरा छोरी सबै छोडे मलाई लाग्यो मैले विश्व जिते तर त्यसो रहेनछ जब म उ सँग गए त्यस पछिको मेरो जीवन खत्तम भयो मलाई उसको घर परिवारले कहिल्यै राम्रो नजरले हेर्दैनन उसकी अर्की श्रीमतीका छोराछोरी समेत तिरस्कार गर्छन । मलाई माया गर्ने भनेको यस संसारमा एक जना मात्र भएको छ हेरौं उसले पनि कहिले सम्म हो थाहा छैन । त्यस पछि सबैका नजर मेरो नाममा पास भएको सदरमुकामको घडेरीमा पर्यो एक मन दिन्न भन्ने पनि सोचे तर कानुन अनुसार त्यसो नहुदो रहेछ र अर्को कुरा मैले मेरा छोरा छोरी भविष्यको लागि मन्जुरी दिए र मेरा पहिला श्रीमानको नाममा पास भयो ।

 

 

मेरो निवर्तमान श्रीमानले केही समय पछि आफू भन्दा निकै कान्छी उमेरको विवाह गरी २ वटा सन्तान पनि जन्म दिनु भयो रे । छोराले अहिले सदरमुकाम बसेर १२ कलास पढ्दै छ रे छोरी हजुर बुवा आमासँग बसेर त्यही गाँउको विद्यालयमा पढ्छे रे तर मेरा बच्चा बच्ची एक पटक पनि मसँग भेट हुन चाहेनन् जानेर हो वा नजानेर हो मैले बुझ्न सकिरहेकी छैन ।

मैले कानुन अनुसार त्यो घर परिवार र त्यस परिवारसँगको नाता सम्बन्ध छोडे म मा कुनै हिनताबोध र पश्चताप भएन सायद मेरो भाग्य यस्तै भएर होला । मेरो निवर्तमान श्रीमानले केही समय पछि आफू भन्दा निकै कान्छी उमेरको विवाह गरी २ वटा सन्तान पनि जन्म दिनु भयो रे । छोराले अहिले सदरमुकाम बसेर १२ कलास पढ्दै छ रे छोरी हजुर बुवा आमासँग बसेर त्यही गाँउको विद्यालयमा पढ्छे रे तर मेरा बच्चा बच्ची एक पटक पनि मसँग भेट हुन चाहेनन् जानेर हो वा नजानेर हो मैले बुझ्न सकिरहेकी छैन । मेरो कारणले मेरा छोरा छोरीलाई आफ्नै घर र सम्पत्ति प्रदेश र बुवा बिरानो जस्ता भएका छन् भने मलाई यहाँ श्रीमान बाहेक पुरै बिरानो । मलाई कुनै समय पनि हिनताबोध लागेको थिएन र यसरी परिवार नाता कुटुम्ब र समाजले यसरी घृणा गर्ला भन्ने मैले सोचिन अहिले म दिन कटाउन सानो तिनो किराना पसल राखेर बसेकी छु तर चिनजान भएका कोही मसँग बोल्न चाहदैनन् । मेरो बारेमा सबैले मजाक उडाउछन तिम्रो भाग्य यस्तै त्यस्तो छोडेर भन्दा बल्ल अहिले झसंग हुन्छु तर झसंग भएर हुनेवाला केही छैन । समय कटाउन पसलमा बस्ने र धर्मात्मी बन्न बत्ती कातेर दिन गुजारी रहेकी छु यसरी बत्ती कातेर म पापीलाई धर्मात्मी बन्नु त छैन तर पनि समाजमा केही म प्रति सकरात्मक सोच ल्याउन सक्छु कि भनेर ।
सानो परिवार सुखी परिवार स्वस्थ र कमाउने श्रीमान छदा छदै मेरो पुनर्वृत्ती भएको प्रौढ बैसले म र म सँगको जोडिएका सम्बन्ध सम्पत्ति र व्यक्ति विशेषको अहिलेको हालत र अबस्था देख्दा मलाई आत्म हत्य गरौ जस्तो लाग्छ सोच्छु तर म लाज नभएकी र मर्नु र बाच्नुको अन्तर नभएकी मान्छेले आत्म हत्यको पनि औचित्य देख्दिन । त्यसैले म मरे तुल्य भएर बाचेकी छु । म भगवानसँग प्रार्थाना गरेकी छु हे भगवान यदी स्वर्ग र नर्क छ भने म जस्ता पतितलाई नर्कमा बास गराई दिनु । (यो लेख र यसका पात्रहरु सबै काल्पनिक हुन कृपया कसैको जिन्दगीसँग मेल खाएमा संयोगमात्र हुनेछ ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री