आफ्नी प्रेमीकासंग सम्बन्ध बनाउन खोजेको भन्दै शिक्षकले लिए मिल्ने साथीको ज्यान

प्रेमीकासंग नजिकिन खोज्ने आफ्नै साथीलाई एक शिक्षकले हत्या गरेका छन् । घटना भारतस्थित उत्तर प्रदेश मिर्जापुरको हो ।

Advertisement

उक्त विद्यालयमा पढाउने दुई शिक्षकको एउटै युवतीसँग प्रेम बस्यो । सुरुमा त एकले अर्कोलाई सम्झाए तर जब कुरा मिलेन तब यसमा एक शिक्षकले अर्को शिक्षकको हत्या गरे र त्यसको केही घण्टापछि आफैंले पनि आत्महत्या गरे ।

मिर्जापुरको विंध्याचल थाना क्षेत्रको रैपुरी गाउँमा कुवामा भेटिएको शिक्षक सुरज पाण्डेयको शवबारे पुलिसले मंगलबार खुलासा गर्दै सुरजको हत्या उनीसँगै स्कूलमा पढाउने अर्का दुईजना शिक्षक साथीले घाँटी थिची गरेको जानकारी दिए ।

मृतक सुरज, अनुज र रत्नेश एक नीजि विद्यालयका शिक्षक थिए । सुरज र अनुजको दोस्ती राम्रो थियो । अनुज एक युवतीसँग विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । यसैबीच दुई महिना अघि त्यही युवतीसँग मृतक सुरजको पनि फोनमा कुराकानी हुन थाल्यो । अनुजलाई जब यसबारे थाहा भयो तब उनले सुरजलाई त्यसो नगर्न भने तर सुरज मानेनन् ।

तब अनुजले आफ्ना साथी रत्नेशसँग मिलेर फेब्रुअरी ११ मा सुरजको मफ्लरले घाँटी थिची हत्या गरे र शवलाई कुवामा फ्याँकिदिए । सुरजको मोटरसाइकल पनि दुई किलोमिटर पर फ्याँकियो । सुरजको हत्या पछि अनुजले पनि फेब्रुअरी १३ तारिखमा फाँसी लगाएर आत्महत्या गरिदिए ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री