शुक्रबार, १४ वैशाख २०८१

महराको थुनामुक्तिबारे बैठकलाई जानकारी

RSS २०७६ फागुन ६ गते १५:१५

Advertisement

प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराउनुभएको हो । बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ ।
तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उहाँ निलम्बित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री