
निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् ।
संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई निर्दोष ठहर हो ।
सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भए । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।









प्रतिक्रिया