मंगलबार, २५ वैशाख २०८१

लाटोकोसेरो समातेर टिकटक बनाउँदा २५ हजार जरिवाना, हेर्नुहोस् भिडियो

समयपोष्ट २०७६ फागुन ५ गते ११:३५

Advertisement

विश्वमै दुर्लभ मानिने चरा लाटोकोसेरोलाई लिएर टिकटक बनाउँदा एक युवतीले २५ हजार जरिवाना तिर्नु परेको छ । घटना भारतको गुजरातस्थित सुरतको हो ।

गुजरातस्थित सुरतकी टिकटक स्टार कीर्ति पटेलले एक लाटोकोसेरोसँग भिडियो बनाएर टिकटकमा पोस्ट गरेकी थिइन् । भिडियो भाइरल भएपछि वाइल्डलाइफ एन्ड नेचर वेल्फेयर ट्रस्टले वन विभागका मुख्य वन संरक्षकसँग यस कुराको ध्यानाकर्षण गराएका थिए ।

ट्रस्टका अनुसार कीर्तिले लाटोकोसेरोलाई जसरी समातेर भिडियो बनाइन्, उनले वाइल्डलाइफ प्रोटेक्शन एक्ट, १९७२ को कैयौं धाराहरुलाई उल्लंघन गरेकी छन् । शुक्रबार कीर्तिमाथि २५ हजारको जरिवाना लगाइएको हो । गुजरातमा लाटोकोसेरो संरक्षित प्राणी रहेको छ । लाटोकोसेरो समात्नु वाइल्डलाइफ प्रोटेक्शन एक्ट अनुरुप अपराध मानिन्छ ।एजेन्सी

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री