शुक्रबार, २१ वैशाख २०८१

गर्भवती भएको थाहा पाएपछि शारीरिक सम्बन्धका बेला श्रीमानले रेजर ब्लेडले काँटे श्रीमतीको घाँटी

समयपोष्ट २०७६ फागुन ४ गते १४:४६

Advertisement

एक युवकले गर्भवती श्रीमतीको घाँटी रेजर ब्लेडले काँटेर हत्या गरेका छन् ।

ब्राजिलका २१ वर्षे मार्सेलो अराउजोले २२ वर्षीया श्रीमती फ्रान्सिन दोस सान्तोसलाई तेस्रो पटक गर्भवती भएको विषयमा विवाद चर्किएपछि शारीरिक सम्बन्धका बेला गर्भवती घाँटी रेजर ब्लेडले काटी हत्या गरेको ब्राजिल पुलिसले पुष्टि गरेको छ ।

पुलिसका अनुसार फेब्रुअरी ३ तारिखमा उनले श्रीमतीको हत्या गरेको स्विकार गरेका थिए ।

यो जोडीको पहिले नै दुई सन्तान छन्, चार वर्षकी एक छोरी र दुई वर्षका छोरा । पुलिससँगको बयानमा आफूलाई अब थप सन्तान नचाहेको बताएका थिए । यसका साथै, उनले श्रीमतीलाई छोराछोरीसँग बाँडिएको हेर्न नचाहेको र बच्चाका कारण निम्तिएको आर्थिक भार पनि चित्त नबुझिरहेको उनले पुलिसलाई जानकारी दिए ।

Advertisement

ब्राजिलको साओ पाउलोस्थित भारजिया पाउलिस्तामा रहेको उनीहरुको घरमा आरोपीलाई पनि घाँटी र नारी काटिएको अवस्थामा भेटिएको थियो ।

पुलिसका अनुसार श्रीमतीको हत्या पछि उनले पनि आत्महत्या गर्ने कोसिस गरेका थिए ।

२२ डिसेम्बर सन् २०१९ को घटनाको विषयमा पुलिसले ६ हप्तासम्म चलेको अनुसन्धानपछि घटनाबारे थुप्रै प्रमाण भेटेको जानकारी दिएको छ । यसअघि आरोपीले घटनाको विषयमा भिन्न भिन्न बयान दिँदै आएका थिए ।

अनुसन्धानकर्ताका अनुसार, डिसेम्बर २२ तारिखमा यो जोडीले परिवारसहित क्रिसमसको छुट्टी मनाउनेबारे छलफल गरिरहेका बेला एकाएक गर्भ बसेको कुरा निस्किएपछि उनीहरु बीच विवाद चर्किएको थियो ।

तर विवादपछि यो जोडीले कुरा सल्टाउँदै शारीरिक सम्बन्ध स्थापित गर्नका लागि बेडरुममा गएको पनि बताइन्छ ।

तर यौन सम्पर्ककै बेला उनले मेकअप आर्टिस्ट श्रीमतीको घाँटीमा चक्कुले थुप्रै पटक हमला गर्छन् र अन्त्यमा ब्लेडले काटेको बताइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री