आइतबार, २९ असार २०८२

स्कुटर दुर्घटनामा नायिका सिलवालको मृत्यु

समयपोष्ट २०७६ फागुन १ गते ८:४४

Advertisement

नायिका महिमा सिलवालको सवारी दुर्घटनामा निधन भएको छ ।

बुधबार साँझ उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सिलवाल बहिनी सर्मिला सिलवाललाई लिएर काठमाडौँबाट चितवन घर जाँदै थिईन् । महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले कारवाही चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री