शुक्रबार, ७ वैशाख २०८१

यी नेपाली मोडल बलिउड डेब्यु गर्दै, चर्चित मन्जुल कट्टरसँग रोमान्स गर्ने

समयपोष्ट २०७६ माघ २८ गते १९:१८

Advertisement

अभिनेत्री तथा मोडल रिस्ता बस्नेत बलिउडमा डेब्यु गर्ने भएकी छन् ।

उनी म्युजिक भिडियोमार्फत बलिउड डेब्यु गर्न लागेकी हुन् ।  भारतीय चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको एक गीतको म्युजिक भिडियोमा उनी अनुबन्धित भएकी छन् ।

उनलाई भिडियोमा भित्र्याउने काम सिर्जना सुत्रले गरेको हो ।

बलिउड म्युजिक भिडियो अभिनय बिषयमा अभिनेत्री बस्नेतले सामाजिक सञ्जालमा एक स्टाटस सेयर गर्दै जानकारी दिएकी छन् ।

उक्त स्टाटसमा उनले नेहाको गीतमा काम गर्न पाएकोमा खुसी समेत ब्यक्त गरेकी छन् ।

रिस्ताले उक्त गीतमा टिकटकबाट चर्चित मन्जुल कट्टरसँग रोमान्स गर्नेछिन् । जसको जनकारी समेत रिस्ताले दिएकी छन् ।पुनित अवस्थीले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दैछन् ।
भिडियोमा पुरुषोत्तम प्रधानको छायाँकन तथा बिपिन मल्लको सम्पादन रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री