शुक्रबार, १४ वैशाख २०८१

यस्तो आयो नेपाल लाइफ इन्स्योरेन्सको वित्तिय विवरण

समयपोष्ट २०७६ माघ २८ गते १०:३१

Advertisement

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आर्थिक बर्षको सोही अवधिमा २८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अविधमा १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ बढी हो।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको जीवन बीमा कोषमा ७७ अर्ब ५९ करोड २९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ५७ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा बीमालेख धितोमा १५ अर्ब ७३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको कम्पनीले यस बापत ७६ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २६ करोड ८६ लाख रुपैयाँ बढी हो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४१ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ दीर्घकालीन कर्जा तथा लगानी गरेको छ।

यस आर्थिक वर्षमा मात्रै १४ अर्ब ७ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको यसकम्पनीले हालसम्ममा १ खर्ब ५ अर्ब ७७ करोड कुल बीमाशुल्क आर्जन गरिसकेको छ। कम्पनीको कुल कायम रहेको बीमालेखको सङ्ख्या १२ लाख ५८ हजार रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीले २१ हजार ३४७ दाबी बापत ३ अर्ब १९ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । कम्पनीको १ अर्ब २० करोड ८० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७८.३१ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री