
भरतपुर महानगरपालिका–५, नारायणपुरमा रहेको रोयल वुड पार्केट इन्डष्ट्रीजमा भीषण आगलागी भएको छ ।
व्यवसायी जीवनकुमार श्रेष्ठले सञ्चालन गरेको फर्निचर उद्योगमा शनिबार बिहान ४ः३० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नेपाली सेनालगायतको दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। आगलागीमा कुनै पनि मानविय क्षति भएको छैन । बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया